News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६ मा 'बेस्ट कमर्सियल बैंक (नेपाल)' को उपाधि प्राप्त गरेको छ ।
- बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले अन्तर्राष्ट्रिय स्तरको यस अवार्ड प्राप्त गर्दा निकै खुसी लागेको बताउनुभयो ।
- नबिल बैंकले हालसालै युरोमनी अवार्र्डस् फर एक्सेलेन्सअन्तर्गत नेपालको उत्कृष्ट बैंकसहित तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डहरू पनि प्राप्त गरेको छ ।
१० साउन, काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड पाएको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६ मा बैंकका तर्फबाट सञ्चालक मलय मुखर्जीले अवार्ड ग्रहण गरे ।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ । यसले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ ।
बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले उक्त अवार्ड पाउँदा निकै खुसी लागेको बताए । यस अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बंगलादेशका बैंकहरू सहभागी थिए ।
आईसीसी भारतको उद्योग र वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग तथा व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ ।
नबिल बैंकले हालसालै तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो । बैंकले युरोमनी अवार्र्डस् फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो ।
प्रतिक्रिया 4