+
+
Shares

एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङ र लिलाबहादुर तामाङविरुद्ध १० दिन म्याद थप भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले भ्रष्टाचार आरोपमा पक्राउ परेकी एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङ र सञ्चालक लिलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि माग गरे बमोजिम न्यायाधीशहरूको इजलासले उक्त म्याद थपको आदेश दिएको हो।
  • असार २० गते पक्राउ परेका दुवै आरोपी विरुद्धको यो पाँचौँ पटकको म्याद थप हो र उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ।

१० साउन, काठमाडौं । एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङ र लिलाबहादुर तामाङविरुद्ध १० दिन म्याद थप भएको छ ।

एपीएफ स्कुल, कीर्तिपुरकी लेखा अधिकृत एवं सशस्त्र प्रहरी निरीक्षक गुरुङ र एमडि एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक तामाङलाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको हो।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिमको कसुर अपराधको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो।

आयोगले अनुसन्धानका लागि म्याद थपको अनुमति माग गरेपछि विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले १० दिनको म्याद थप गरेको हो।

काठमाडौँ जिल्ला अदालतबाट यसअघि भएको म्याद थपको स्थितिलाई समेत गणना गर्दा यो उनीहरूका लागि पाँचौँ पटकको म्याद थप हो।

उनीहरूलाई गत असार २० गते जिल्ला प्रहरी परिसरले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो।

त्यसपछि जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर, भद्रकालीको पत्रसाथ साउन ८ गते उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो।

अदालतको पछिल्लो आदेशअनुसार दुवै आरोपीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?