News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा भएको झडपपछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकले सहमति जनाएको छ।
- आइतबार बोलबम यात्रामा भएको विवादले उग्र रूप लिँदा गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
- घटनाको छानबिनका लागि गृह मन्त्रालयद्वारा गठित समितिलाई सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।
११ साउन, विराटनगर । सुनसरीको देवानगञ्जमा भएको दुई समूहकाे झडपपछि उग्र बनेकाे अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएकाे छ ।
आइतबारकाे झडपपछि साेमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेकाे सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेकाे हाे ।
सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न सहमति जनाएका हुन् ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सामाजिक सदभाव र शान्तिसुरक्षा कायम गर्नका लागि आ–आफ्नाे स्थानबाट सहयाेग गर्ने निर्णय भएकाे छ ।
निर्णयपछि जनप्रतिनिधि र सामाजिक र धार्मिक अगुवाले सामाजिक सदभाव कायम गर्नका लागि पहल सुरु गरिसकेकाे बताए ।
आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन् ।
प्रतिक्रिया 4