News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि प्रशासन कार्यालय राजविराजले साविकमा भोगाधिकारमा प्राप्त जग्गालाई लिजमा परिणत गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई सार्वजनिक सूचनामार्फत निवेदन दिन आग्रह गरेको छ ।
- मालपोत नियमावलीअनुसार २०८३ जेठ २८ गतेदेखि छ महिनाभित्र बाँकी रकम बुझाई लिज प्रक्रियाका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
- प्रमुख भूमि प्रशासन अधिकृत किशोरकुमार रामले तोकिएको अवधिभित्र प्रक्रिया पूरा नगर्नेलाई प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएका छन् ।
११ साउन, सप्तरी । भूमि प्रशासन कार्यालय राजविराज, सप्तरीले साविकमा भोगाधिकारमा प्राप्त गरिएको जग्गालाई लिजमा परिणत गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्धारित अवधिभित्र निवेदन दिन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।
कार्यालयका अनुसार मालपोत नियमावली, २०३६ (नवौँ संशोधन, २०८३) को नियम २३झ (१९) को उपनियम (१) बमोजिम साविकमा भोगाधिकारमा जग्गा प्राप्त गरेका व्यक्ति, संस्था वा निकायले नियम लागू भएको मिति २०८३ जेठ २८ गतेदेखि ६ महिनाभित्र हालसम्म भोगाधिकारबापत तिर्न बाँकी रहेको रकम भए दाखिला गरी उक्त जग्गा लिजमा परिणत गर्न कार्यालयमा निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
कार्यालयले उपनियम (२) अनुसार प्राप्त निवेदनमाथि आवश्यक प्रक्रिया पूरा गरी जग्गा लिजमा परिणत गर्ने कारबाही अघि बढाइने जनाएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको च.नं. ११३, मिति २०८३ साउन ७ गते को पत्रअनुसार भोगाधिकारमा जग्गा प्राप्त गरेका व्यक्ति, संस्था वा निकायलाई जानकारी गराई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन प्राप्त भएकाले कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका सम्बन्धित सबैलाई बाँकी रकम दाखिला गरी समयमै निवेदन दिन अनुरोध गरेको हो ।
प्रमुख भूमि प्रशासन अधिकृत किशोरकुमार रामले तोकिएको अवधिभित्र आवेदन पेश नगरे प्रचलित कानूनबमोजिम कारबाही हुने भएकाले सम्बन्धित सबैलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया 4