+
+
Shares

सात बाल पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीमान्त आवाज र पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातवटा नयाँ बालकथा पुस्तकहरू सार्वजनिक गरिएको छ।

काठमाडौं– बालकथामार्फत सिमान्त आवाज र पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले लेखिएका सात बाल पुस्तक सार्वजनिक भएको छ । आइतबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक भएको हो ।

शिक्षाविद् केदारभक्त माथेमा, अग्रज बाल साहित्यकार गंगा कर्माचार्य, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उकुलपति केके कर्माचार्य, बाल साहित्यकार तथा समीक्षक प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपालीका साथै पुस्तकका लेखकहरूले पुस्तकको विमोचन गरेका हुन् ।

सुशीला तामाङ ‘आइतीको बिहे’, बिना थिङको ‘नामको कथा’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, शान्ति सापकोटाको ‘मितिनी’, ‘संजोग ठकुरीको ‘ममीघर’, ‘अस्मिता वादीको ‘हैतमाको हिम्मत’ र संगीता उराँवको सुर्जीको उज्यालो’ बालकथाका पुस्तकहरू सार्वजनिक गरिएको हो ।

पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालित ब्रिटिस काउन्सिलको लैङ्गिता सम्बन्धी कला कार्यक्रम ‘जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५’ अन्तर्गत ‘अपराजिता कथा परियोजनामा कथाहरू प्रकाशन भएका हुन् । परियोजनामा बाल वाङ्गमय तथा अनुसन्धान केन्द्र र हामी दाजुभाइ संस्थाहरूले समेत सहकार्य गरेका छन् । पुस्तकमा चित्रकारहरू रवीन्द्र मानन्धर, अनामिका गौतम र प्रज्वल थापामगरले चित्र सिर्जना गरेका छन् ।

बाल साहित्यमार्फत बालिका सशक्तिकरण, लैङ्गिक समानता, विकास र समाजमा विद्यमान छोरा र छोरीबीचको विभेद, जातीय, वर्गीय एवं सांस्कृतिक विभेदलाई कमी गर्न गर्ने यस परियोजनाको मुख्य लक्ष्य हो । कथाहरूमा सीमान्तकृत समुदायका सांस्कृतिक तथा सामाजिक जीवनका पक्ष, अनुभव र अभ्यासहरू समेटिएका छन् ।

कार्यक्रममा शिक्षाविद् माथेमाले लामा वाक्यका पुस्तक पनि बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग गर्नुपर्न बताए । जसले पढ्छ, उसको ज्ञानको क्षितिज फराकिलो हुने भएकाले त्यसतर्फ बालबालिकालाई अग्रसर गराउनुपर्नेमा माथेमाको जोड थियो ।

सात वटा कथाहरूको समीक्षा गर्दै अभियन्ता नेपालीले नैतिकता र आदर्श बाल कथाहरू सिर्जना भइरहेको परम्परागत लेखन शैलीभन्दा फरक रूपमा समाजको वास्तविक चित्र कथाहरूमा प्रस्तुत गरिएको बताइन् ।

यी कथाहरू समाजका उच्च व्यक्तिको नभएको र धेरैलाई आफ्नै कथा जस्तो लाग्ने नेपालीको भनाइ छ ।

पुस्तकमाथि आफ्नो धारणा राख्दै बाल साहित्यकार प्रधान, कर्माचार्य, प्रा. डा. तारानिधि भट्टराई , ब्रिटिश काउन्सिलको जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५’ का निर्देशक युक्ता बज्राचार्य, लेखक बिना थिङ, चित्रकार अनामिका गौतम लगायतकाले पुस्तकहरुले बाल साहित्यको क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?