News Summary
Generated by OK AI. Editorially reviewed.- डार्क हर्स इन्टरटेन्मेन्टले आगामी एक्सन ड्रामा फिल्म ‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने घोषणा गरेको छ ।
- निर्देशक सौरभ चौधरीले फिल्मको शीर्षक र लोगो सार्वजनिक गर्दै भदौ पहिलो साताबाट छायांकन सुरु हुने जानकारी दिनुभयो ।
- उक्त फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखेका छन् भने यसको छायांकनका लागि ७० दिनको समय तालिका निर्धारण गरिएको छ ।
काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टले आगामी फिल्म ‘द राइज अफ साम्राज्य’ निर्माण गर्ने भएको छ । सोमबार ‘टाइटल लोगो’ सार्वजनिक गदैै निर्देशक सौरभ चौधरीले फिल्म बनाउने जनाएका हुन् ।
यो फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । निर्मातामा प्रवेश चौधरी र नीला देव छन् । सहायक निर्मातामा विश्वास बस्नेत र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिस र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन् । पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गर्छ ।
पृष्ठभूमिमा केही व्यक्तिले रामलीला नाटक देखाइरहेको धमिलो दृश्य देखिन्छ, जसले यो चलचित्र कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ ।
यो चलचित्र एक्सन ड्रामा जनरामा आधारित हुने बताइएको छ । लाइनअप र निर्माणको स्केलको हिसाबले यो फिल्म भव्य हुने कार्यकारी निर्माता पाण्डेले बताए ।
यो फिल्मका अभिनय कलाकार सार्वजनिक गरिएको छैन । भदौ पहिलो साताबाट छायांकन सुरु हुने र तालिका ७० दिनको हुने बताइएको छ । फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् । एक्सन कोरियोग्राफरमा श्री श्रेष्ठ छन् ।

प्रतिक्रिया 4