News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले साउन १३ गते बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
- पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने सो बैठकमा चितवन महाधिवेशनको समीक्षा र साङ्गठनिक व्यवस्थापनका विषयमा छलफल हुने महामन्त्री विपिन कुमार आचार्यले बताएका छन् ।
- बैठकमा कार्यविधिहरूको तर्जुमा, परिमार्जन तथा आगामी दिनमा सञ्चालन गरिने अभियानका सम्बन्धमा पनि आवश्यक निर्णय लिइने भएको छ ।
११ साउन, काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।
साउन १३ गते बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
बैठकमा चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने महामन्त्री आचार्यले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4