News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रण लिने क्रममा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
- गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा बसेको सुरक्षा समितिको बैठकले सुनसरी घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
- छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी काम सुरु गरिसकेको गृह मन्त्रालयकी प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
११ साउन, काठमाडौं । सुनसरीमा गएराति भएको घटनापछि बसेको सुरक्षा संयन्त्रको बैठकमा सो घटनासँग सम्बन्धित विषयको ब्रिफिङ भएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
तर कर्फ्यू उल्लङ्घन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।
सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दै आवश्यक रणनीति बनाइएको स्रोत बताउँछ ।
सिंहदरबास्थित गृह मन्त्रालयमा बसेको बैठकमा सुनसरी घटनाबारे छानबिन गर्न बनेको समितिले काम थालेकोबारे पनि ब्रिफिङ भएको छ ।
त्यस्तै, आवश्यक परेको खण्डमा संयुक्त रुपमा सुरक्षा टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
उक्त समितिले सुनसरी पुगेर घाइतेसँग भेट गरेको र आवश्यक अन्य काम अघि बढाएकोबारे केन्द्रीय सुरक्षा समिति बैठकमा ब्रिफिङ भएको गृह मन्त्रालयकी प्रवक्ता रमा आचार्यले बताइन् ।
गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।
‘घटनाको सूचना संकलन गर्ने, थप मद्दत चाहिएको खण्डमा पर्याप्त जनशक्ति उपलब्ध गराउने, सम्बन्धित सहजीकरण, आगामी दिनमा घटना घट्न नदिन के गर्न सकिन्छ भनेर हेर्ने लगायतका निर्णय भएका छन्,’ उनले भनिन् ।
सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग आज मन्त्रालयमा छलफल आयोजना गरेका थिए ।
सो छलफलपछि सुनसरी घटना छानबिनका लागि गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो ।
सहप्रवक्ता आचार्यका अनुसार छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सो समितिले यस्ता घटना दोहोरिन नदिन केके गर्ने भनेर सुझाव समेत दिनेछ ।
प्रतिक्रिया 4