+
+
Shares

सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

सडक डिभिजिन कार्यालय भरतपुरले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते ९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुख्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
  • डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ र काम सम्पन्न हुन करिब डेढ घण्टा लाग्ने अनुमान गरिएको छ ।
  • सडक डिभिजन कार्यालयले पहिरोका कारण बाटोमै रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ ।

१२ साउन, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ ।

पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ ।

पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् ।

सडक डिभिजिन कार्यालयले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ ।

आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको हो । पहिरो हटाएर सवारी आवागमन सुरु हुन करिब डेढ घण्टा लाग्ने कार्यालयले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?