News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक खरिद ऐनको संशोधनविरुद्ध अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ।
- टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने प्रावधान हटेपछि मिडिया क्षेत्र आर्थिक सङ्कटमा पर्नसक्ने भन्दै उक्त रिट दर्ता गरिएको हो।
- उक्त निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।
१२ साउन, काठमाडौं । सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले उक्त ऐनविरुद्ध रिट दर्ता गराएका हुन् ।
संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना निकाल्नुपर्ने व्यवस्था हटेको, जसका कारण मिडियाहरू आर्थिक संकटमा पर्नसक्ने लगायतका जिकिर गर्दै उनीहरूले रिट दर्ता गराएका हुन् ।
उक्त रिटले कानुनी व्यवस्थामाथि प्रश्न उठाइएको निवेदन सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4