+
+
Shares

प्रस्तावित निर्वाचन आयुक्तलाई प्रश्न- दलहरूले केन्द्रीय समितिमा कतिसम्म मनोनीत गर्न पाउने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेले संवैधानिक दायित्व निष्पक्ष र इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • नेकपा नेता वर्षमान पुनले राजनीतिक दलका नेतृत्वले केन्द्रीय समितिमा कतिसम्म सदस्य मनोनीत गर्न पाउने भन्ने विषयमा प्रश्न उठाएका हुन् ।
  • नेता पुनले दलको स्वायत्तता र नेतृत्वलाई दिइने एक तिहाइ मनोनयनको अधिकारबारे स्पष्ट पार्न प्रस्तावित आयुक्त वाग्लेलाई आग्रह गरे ।

१२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राजनीतिक दलहरूले केन्द्रीय समितिमा कतिसम्म मनोनीत गर्न पाउने हो ? भनेर प्रश्न गरेका छन् ।

प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइको क्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।

‘दलको स्वायत्तताको कुरा छ । तर कतिपय दलको महाधिवेशन पनि गर्छ । अनि सभापति वा पार्टी नेतृत्वलाई एक तिहाइ केन्द्रीय सदस्य मनोनीत गर्न दिने भनिन्छ,’ पुनले भने, ‘दलको नेतृत्वले एक तिहाइ मनोनीत गर्ने कुरालाई कसरी लिने ? दलको स्वायत्तताको कुरा पनि होला ।’

प्रस्तावित निर्वाचन आयुक्त वाग्लेले त्यसअघि नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनका आधारभूत मूल्य र मान्यताप्रति सदैव प्रतिबद्ध रहने बताएका थिए ।

निर्वाचन सम्बन्धी विषयमा सबै राजनीतिक दल, नागरिक समाज, मतदाता, र अन्य सरोकारवालाहरूसँग निष्पक्ष र तटस्थ भूमिकामा रही कार्यसम्पादन गर्ने उनको प्रतिबद्धता छ ।

निर्वाचन आयोगलाई सक्षम, सुदृढ, निष्पक्ष, स्वतन्त्र, व्यवसायिक र भरोसायुक्त तुल्याउँदै निर्वाचनलाई स्वच्छ, निप्पल, पारदर्शी, विश्वसनीय, मितव्ययी र सर्वस्वीकार्य रुपमा सम्पन्न गर्न प्रयत्नशील रहने भनेका छन ।

संवैधानिक निकायको रूपमा रहेको निर्वाचन आयोगको गरिमाप्रति उच्च सम्मान राख्दै संविधान र कानुन बमोजिमका जिम्मेवारी निष्पक्षताका साथ इमानदारीपूर्वक गर्ने वाचा गरेका छन् ।

यसमा जोडिँदै नेकपा नेता पुनले दलहरूले केन्द्रीय समितिमा कतिसम्म मनोनीत गर्न पाउने हो भनेर सोधेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?