+
+
Shares

एकै वर्षमा कम्बोडियाबाट ४०० नेपालीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एक वर्षको अवधिमा कम्बोडियाबाट चार सय नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएका छन् ।
  • आर्थिक वर्ष २०८२/८३ मा कम्बोडियाबाट उद्धार गरिएका चार सय जनामध्ये ३८२ पुरुष र १८ महिला रहेको प्रहरीले जनाएको छ ।
  • मानव तस्करहरूले विभिन्न प्रलोभन देखाएर नेपालीलाई कम्बोडिया पुर्‍याई 'साइबर दास'को रूपमा अवैध गतिविधिमा संलग्न गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।

१२ साउन, काठमाडौं । एकै वर्षमा कम्बोडियाबाट चार सय नेपालीको उद्धार गरिएको छ ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो । जबकि आर्थिक वर्ष २०८१/८२ मा भने १२ पुरुष र २ महिला गरी जम्मा १४ नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा २, आर्थिक वर्ष २०७९/८० मा १ र आर्थिक वर्ष २०७८/७९ मा भने ५ जनालाई उद्धार गरिएको छ । मानव तस्करले विभिन्न प्रलोभन देखाएर उनीहरुलाई कम्बोडिया लगेर साइबर दासको रुपमा अवैध गतिविधिमा काम लगाउने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?