News Summary
Generated by OK AI. Editorially reviewed.- उदीयमान गायक आदित्य श्रेष्ठले आफ्नो पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक गर्नुभएको छ ।
- प्रेम र विश्वासको कथा बोकेको यस गीतमा निर्मल श्रेष्ठको शब्द तथा संगीत रहेको छ ।
- म्युजिक भिडियोमा एन्जल राई र गायक श्रेष्ठ स्वयंले अभिनय गर्नुभएको छ ।
काठमाडौं । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ । प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस गीतले अध्ययनका लागि विदेश जान लागेकी युवती र नेपालमै बसेर उनको सफलताको प्रतीक्षामा रहने प्रेमीबीचको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
गीतले दूरीभन्दा विश्वास बलियो हुने र साँचो प्रेमलाई विश्वासले नै जीवनभर जोडिराख्न सक्ने सन्देश दिन्छ । गीतमा निर्मल श्रेष्ठको शब्द, संगीत तथा निर्देशन छ भने छायांकन र सम्पादन नीरज भुसालले गरेका हुन् । म्युजिक भिडियोमा एन्जल राई र गायक आदित्य श्रेष्ठ स्वयंको अभिनय छ ।
यस म्युजिक भिडियोमा सृजनात्मक निर्देशक (क्रियटिभ डाइरेक्टर) का रूपमा सुब्रत आचार्यले सहकार्य गरेका थिए । सानैदेखि संगीतप्रति रुचि राख्दै आएका आदित्यले हालै जेभियर एकेडेमी, लाजिम्पाटद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ प्रतियोगितामा आफ्नो समूहसहित विजेता बन्न सफल भएका थिए ।
साथै, सन् २०१७ मा आयोजित ‘मिस्टर एन्ड मिस लिटल लुम्बिनी’ प्रतियोगितामा पनि उनी पुरुषतर्फ विजेता बनेका थिए ।
‘बाचा’ आदित्य श्रेष्ठको सांगीतिक यात्राको पहिलो आधिकारिक प्रस्तुति हो । युवा पुस्ताको प्रेम, सपना, अध्ययनका लागि विदेशिने बाध्यता र विश्वासको भावलाई समेटिएको यो गीतले श्रोता तथा दर्शकको मन छुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4