+
+
Shares

सरकारलाई गगन थापाको आग्रह : आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गरौं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोध गर्दै दोषीलाई कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
  • थापाले आन्दोलनरत स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी बिरामीले भोग्नुपरेको सास्ती अन्त्य गर्न सरकारले थप पहलकदमी लिनुपर्नेमा जोड दिएका छन्।
  • थापाले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्र बन्द नराख्न र संवादको माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपिल गरेका छन्।

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति ध्यानाकर्षण गराउँदै थापाले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीमाथि आफ्नै कार्यस्थलमा हुने दुर्व्यवहार र भौतिक आक्रमण कुनै पनि सभ्य समाजमा स्वीकार्य नहुने बताएका हुन् ।

चिकित्सकहरूको आन्दोलनका कारण उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीले सास्ती भोग्नुपरेको भन्दै उनले यस समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलाइ गर्न नहुने बताए ।

यस्तो छ उनको भनाइ

आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग संवोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारू गर्न आग्रह ।
यही साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुखद र निन्दनीय छ। नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचार गर्ने क्रममा वा गरेकै आधारमा दुर्व्यबहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।
यस घटना पश्चात पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक संघ लगायतको आव्ह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीहरूले सास्ती भोग्नुपर्ने विषम परिस्थिति सिर्जना भएको छ। आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय हो।यस्तो परिस्थिति अहिलेमात्र भएको होइन। त्यसैले यसतर्फ तत्कालिन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्नु हुँदैन।
१. विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दवाव र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६(संशोधन सहित) कार्यान्वयनमा आइसकेको छ। अत: यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गरियोस्। वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरी माथि निष्पक्ष छानबिन गरियोस्।
२. नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्।
३. स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र विरामीको अबस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादवाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघ लगायत सवै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?