+
+
Shares

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

श्रेष्ठको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ ।
  • उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार निधन भएको पुष्टि पूर्वमन्त्री मेखलाल श्रेष्ठले गरेका छन् ।
  • उनको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि बताएका छन् ।

‘तत्पश्चात् शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ’ पूर्वमन्त्री मेखलालले फेसबुकमा लेखेका छन् । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?