१२ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द कायम राख्ने घोषणा गरेको छ । संघले मंगलबार साँझ आकस्मिक बैठक बसेर भोलि पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
बैठकपछि संघले जारी गरेको प्रेस विज्ञप्तिमा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्नमा सरकारले उदासिनता देखाएको आरोप लगाएको छ ।
विज्ञप्तिमा उल्लेखित निर्णय अनुसार भोलि पनि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघरमा भेला भएर प्रदर्शन गर्ने र उपत्यकाबाहिरकाले सम्बन्धित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने र कार्यस्थलमा प्रदर्शन गर्ने भनिएको छ । ्
चिकित्सक संघले घटना घटेको चार दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो, उल्टै न्याय माग्न गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको भन्दै सङ्घले यसलाई अत्यन्तै लज्जास्पद भनेको छ ।
प्रतिक्रिया 4