+
+
Shares

अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

आज बिहान पुगेको टोलीले घटनास्थलको निरीक्षणपछि स्थानीयवासीसँग सोधपुछ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १२:३१

१३ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिन गर्न गठित समिति घटनास्थलमा पुगेको छ ।

आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् ।

घटनाको विरोधमा प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले सोमबार छानबिन गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

सोमबार नै विराटनगर आएको समितिले घट्नाका घाइतेलाई भेटेर बयान लिएको थियो । बुधबार बिहान घटनास्थल पुगेको हो । घटनास्थल पुगेको टोलीले घटनास्थलको निरीक्षणपछि स्थानीयवासीसँग सोधपुछ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?