+
+
Shares

चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रस्तावित निर्वाचन आयुक्त कार्कीको प्रतिबद्धता

 प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोगको कार्यसम्पादन प्रगति विवरण प्रत्येक चार महिनामा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
  • संसदीय सुनुवाइ समितिको कार्यविधि २०८३ बमोजिम आयोगले आफ्नो प्रगति विवरण विद्युतीय माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।
  • कार्कीले संसदीय सुनुवाइको क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्यसम्पादनको प्रभावकारिता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१३ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तो अभ्यास हालसम्म भएको छैन। अब यो काम आफुले गर्ने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले बताएका हुन् ।

कार्कीको संसदीय सुनुवाइ जारी छ । सुनुवाइमा प्रस्तुतीकरण गर्दै उनले चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा २९ बमोजिम प्रस्तुत कार्ययोजना बमोजिमको कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण निर्वाचन आयोगको वेब-साइटमा चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

सुनुवाइ समितिको कार्यविधि २०८३ को २९ मा कार्यसम्पादन मूल्यांकन प्रगति विवरणसम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘नेपालको संविधान बमोजिम संसदीय सुनुवाइ पश्चात् नियुक्ति हुने प्रस्तावित व्यक्तिले आफूले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गरी गराई चौमासिक रुपमा कार्यसम्पादन मूल्यांकन प्रगति विवरण बनाई सो प्रगति विवरण आफू कार्यरत निकायको विद्युतीय सञ्चारमाध्यमबाट सार्वजनिक गर्नेसमेत प्रतिबद्धता गराई कार्यसम्पादनको प्रभावकारिता प्रवर्द्धन गरिनेछ ।’

यसअनुसार चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रस्तावित निर्वाचन आयुक्तले प्रतिबद्धता जनाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?