+
+
Shares

मतदान केन्द्रमा सीसी क्यामेरा राख्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १४:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद पद्मा अर्यालले ग्रामीण क्षेत्रमा निष्पक्ष निर्वाचनका लागि मतदान केन्द्रमा सीसीटीभी राख्न प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई सुझाव दिएकी छिन्।
  • अर्यालले निर्वाचनका समयमा हुने मनि, मसल र मिडियाको प्रभावलाई अन्त्य वा व्यवस्थापन गर्न आयोगले ठोस कदम चाल्नुपर्ने प्रश्न उठाएकी छिन्।
  • सुनुवाइ समितिको बैठकमा उनले निर्वाचन आचारसंहिता नाममात्रको नभई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छिन्।

१३ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले शहरी क्षेत्रमा निष्पक्ष निर्वाचन भए पनि ग्रामीण क्षेत्रमा समस्या रहेको बताएकी छ्न् ।

‘ग्रामीण क्षेत्रमा सबैतिर साच्चै निर्वाचन निस्पक्ष हुन सकेको छैन,’ सुनुवाइ समितिमा उनले भनिन, ‘यसमा सुधार गर्न लाइभ सीसीटीभी राखियो भने हुन्छ कि ! नत्र पीडितको कुरा सुनिदैन ।’

सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ जारी छ । कार्कीको सुनुवाइको क्रममा एमाले संसदीय दलका उपनेता समेत रहेकी अर्यालले मतदान केन्द्रमा सीसी क्यामेरा राख्ने सुझाव राखेकी हुन् ।

सुरक्षा व्यवस्थापन पनि चुस्त हुनुपर्ने उनको आग्रह छ ।

साथै निर्वाचनको समयमा हुने गलत कार्यको नियन्त्रण कसरी हुन्छ भन्ने उनको प्रश्न छ ।

‘मनि, मसल र मिडियाको प्रतिकूल बनेकालाई गाह्रो छ । यसको अन्त्य वा व्यवस्थापन कसरी हुन्छ ?,’ अर्यालको प्रश्न छ ।

निर्वाचन आचारसंहिता पनि नाम मात्रैको हुने गरेको भन्दै कार्यान्वयनमा आयोगको भूमिका प्रभावकारी हुनुपर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?