+
+
Shares

मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच भेटवार्ता

भेटवार्तामा नेपालका महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयस्रोतले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १५:५४

१३ साउन, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपालका महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयस्रोतले बताएको छ ।

यस्तै, नेपाल सरकार र युनिसेफबीचको सहकार्यमा सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता बढाउने विषयमा पनि विचार आदान–प्रदान भएको थियो ।

भेटमा मन्त्री सिता बादीले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति तथा कार्यक्रममा सरकारको जोड रहेको बताइन् ।

यस्तै, बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका क्षेत्र क्षेत्र सरकारको प्राथमिकतामा रहेकाले त्यसमा युनिसेफ जस्ता विकास साझेदारले पनि भूमिका खेल्नुपर्ने आवश्यकता रहेको मन्त्री बादीले बताइन् । ्

युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा तथा सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने विषयका कार्यक्रममा अझ सुदृढ बनाउँदै आवश्यक प्राविधिक तथा कार्यक्रमगत सहयोग निरन्तर रहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?