+
+
Shares

उद्योगमन्त्री यादव र एफएओ प्रतिनिधिबीच भेट, नेपाली रैथाने वस्तु ब्रान्डिङमा छलफल

एफएओ प्रतिनिधि सिमिजुले अधिकांश देश र एसियाका लगभग सबै राष्ट्रमा जीआई प्रणाली लागु भइसके पनि नेपालमा अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगमन्त्री गौरिकुमारी यादव र एफएओ प्रतिनिधि केन सिमिजुबीच नेपालका रैथाने वस्तुको ब्रान्डिङ तथा भौगोलिक संकेत (जीआई) प्रणाली लागु गर्ने विषयमा छलफल भएको छ ।
  • एफएओ प्रतिनिधि सिमिजुले नेपाली वस्तुको जीआई दर्ता नहुँदा विदेशीले ब्रान्ड कब्जा गरेको भन्दै नेपाललाई तत्काल कानुन बनाएर कार्यान्वयनमा लैजान आग्रह गरे ।
  • मन्त्री यादवले रैथाने उत्पादनको संरक्षणका लागि आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता जनाउँदै मन्त्रालयले विधेयक तयार पार्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिइन् ।

७ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तु ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन– जीआई) को अन्तर्राष्ट्रिय प्रावधान र यसको महत्त्वबारे प्रकाश पारिएको थियो ।

एफएओ प्रतिनिधि सिमिजुले अधिकांश देश र एसियाका लगभग सबै राष्ट्रमा जीआई प्रणाली लागु भइसके पनि नेपालमा अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराए ।

नेपाली रैथाने वस्तुहरूको जीआई दर्ता नहुँदा यहाँका बहुमूल्य ब्रान्ड अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नुपरेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिए ।

जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादन संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको र यस विषयमा पहल सुरु गरिसकेको जानकारी दिइन् ।

उनले यस विषयलाई गम्भीरता साथ लिँदै कानुन मन्त्रालयसँग सहकार्य गरी चाँडै विधेयक तयार पारेर अगाडि बढ्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?