News Summary
Generated by OK AI. Editorially reviewed.- नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक भएको छ ।
- फिल्ममा अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक कथावस्तु चित्रण गरिएको छ ।
- १२ भदौबाट प्रदर्शन हुने यस फिल्ममा अशोक दर्जी र नीता ढुङ्गानाको मुख्य भूमिका छ ।
काठमाडौँ । नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुलाई संक्षिप्तरुपमा चित्रण गरेको छ ।
अटिजम भएकी दिदी र भाईबीचको मायाले दर्शकलाई भावुक बनाउँछ । पार्वती अर्थात नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ ।
फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेलको पनि अभिनय छ । कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी छन् ।
यो फिल्म १२ भदौदेखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4