News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको खैबर पख्तुनख्वास्थित खजिना चेकपोस्टमा भएको आक्रमणमा एक डीएसपीसहित नौ प्रहरीको मृत्यु भएको छ।
- प्रहरीले दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ भने सोही घटनामा २८ प्रहरी घाइते भएका छन्।
- पाकिस्तानी सेनाको जनसम्पर्क विभागले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलूचिस्तानमा ३२ जना आतंकवादी मारिएको जनाएको छ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ।
बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ।
बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद हुसेनसहित २८ जना प्रहरी घाइते भएका छन्।
चरमपन्थीहरूले हांगुको खजिना बन्दा चौकीमा हतियार प्रयोग गरी आक्रमण गरेका थिए। प्रहरीको आधिकारिक बयानमा यो कुरा उल्लेख गरिएको छ।
पाकिस्तान सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले पनि एक दाबी गरेको छ। सुरक्षा बलले पछिल्लो २४ घण्टामा चलेको संयुक्त अभियानमा ‘३२ आतंकवादीलाई मारेका’ छौँ भनेर आईएसपीआरले भनेको छ।
यी संयुक्त अभियानहरू खैबर पख्तुनख्वा र बलूचिस्तानमा चलाइएका थिए। यी अभियानहरू चरमपन्थी र उनीहरूका सहयोगीहरूविरुद्ध लक्षित थिए।
प्रतिक्रिया 4