News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानस्थित ८ हजार ४७ मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा चर्चित आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता भएका छन् ।
- बेपत्ता हुनेहरूमध्ये ६ जना नेपाली आरोही रहेका छन् र उनीहरूको खोजी तथा उद्धार कार्य भइरहेको छ ।
- निर्मल पुर्जाले आरोहणअघि सामाजिक सञ्जालमा ‘ब्रोड पिक, म सुरक्षित आरोहण गर्ने र फर्कने बाटोबाहेक अरू केही माग्दिनँ’ भन्दै प्रार्थना गरेका थिए ।
१५ साउन, काठमाडौं । पाकिस्तानस्थित ८ हजार ४७ मिटर उचाइको ‘ब्रोड पिक’ आरोहण क्रममा चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना बेपत्ता छन् । तीमध्ये ६ नेपाली छन् ।
पुर्जाको पछिल्लो सामाजिक सञ्जाल अपडेट अनुसार उनी पाकिस्तान प्रस्थान गर्नुअघि यो हिमाल आरोहणको योजनामा थिएनन् । उनले लेखेका छन्, ‘गेसेरब्रम २ मात्रै चढ्ने योजना थियो ।’
तर, आफ्नो ८ हजार मिटर माथिका हिमाल आरोहण रेकर्ड हेर्दा यस पटक ब्रोड पिक चढे चोयुबाहेक ८ हजार मिटर माथिका १४ वटै हिमाल विनाअक्सिजन दुई पटक आरोहण गर्ने विश्व कीर्तिमान उनको नाममा दर्ज हुने निश्चित थियो ।
उनले आफ्नो प्रतिस्पर्धा कहिल्यै पनि अरूसँग नभएको समेत बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा आफूले १४ हिमाल आरोहणका क्रममा भोगेका कठिनाइ समेत उल्लेख गरेका छन् ।
उनले यस आरोहण क्रममा प्रार्थना समेत गरेका छन् र भनेका छन्, ‘ब्रोड पिक, म सुरक्षित आरोहण गर्ने र फर्कने बाटोबाहेक अरू केही माग्दिनँ ।’
प्रतिक्रिया 4