+
+
Shares

निखिल उप्रेतीको ‘आचार्य’ ९ असोजमा, पहिलो झलक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको आगामी फिल्म ‘आचार्य’ आगामी ९ असोजमा प्रदर्शन हुने घोषणा गरिएको छ ।
  • फिल्मको सार्वजनिक पोस्टरमा निखिल एक्सन अवतारमा देखिएका छन् भने यसमा युद्ध र कूटनीतिमा निपुण गुरुको कथावस्तु समेटिएको छ ।
  • निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको उक्त फिल्ममा पूर्णिका सिजापति, प्रमोद अग्रहरि र भारतीय कलाकार दीपराज राणाको समेत अभिनय रहेको छ ।

काठमाडौं । निखिल उप्रेतीको आगामी फिल्म ‘आचार्य’को प्रदर्शन मिति घोषणा भएको छ । पोस्टरसहितको पहिलो झलक सार्वजनिक गर्दै उनले फिल्म ९ असोज (२५ सेप्टेम्बर)मा हलमा रिलिज हुने जनाएका हुन् ।

पोस्टरमा निखिलको एक्सन र एंग्री योङ म्यानको अवतार देख्न सकिन्छ । उडेर आउने बाज उनको हातमा बस्छ, पिठ्यँुमा धर्मको लागि लडाइ लड्ने संस्कृति श्लोकको ट्याटु खोपिएको छ । लोगो र पहाडी परिवेश पनि चित्रण छ ।

अनलाइनखबरसँग कुरा गर्दै निखिलले फिल्ममा आचार्यको अर्थ कुनै जात र समुदाय नभएर युद्ध र कूटनीतिमा निपुणता हासिल गरेको एक गुरु हो । दार्शनिक तवरले कम्पोज गरिएको यो पात्रको शीर्ष भूमिकामा निखिल स्वयम देखिएका छन् ।

भिडिओमा प्रयोग गरिएको दृश्य, पृष्ठभूमिको संगीतले फिल्मलाई ‘लार्जर देन लाइफ’ आभाष दिन्छ । निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्ममा निखिल स्वयमको शीर्ष भूमिका छ ।

उनीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, भारतीय कलाकार दीपराज राणासहितको अभिनय छ । यसको पटकथा पनि निखिल स्वयमले लेखेका हुन् । नेपाल र भारतमा फिल्म छायांकन गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?