News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी आज काठमाडौं आइपुगेकी छन् ।
- उनी एक विशेष कार्यक्रममा सहभागी हुन काठमाडौं आएकी हुन् ।
काठमाडौं । एक कार्यक्रममा सहभागी हुन चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी आज काठमाडौंमा आइपुगेकी छन् ।
आजदेखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।
दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने जनाइएको छ । मनीषा कोइराला पनि सहभागी हुनेछिन् ।
सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।
यो कार्यक्रमको उद्देश्य नेपाललाई लक्जरी वेडिङको गन्तव्यको रुपमा स्थापना गर्नु रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4