+
+
Shares

वीरगञ्जमा पुनः निषेधाज्ञा

शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी गरेको छ।
  • प्रशासनले वीरगञ्ज महानगरपालिकाका विभिन्न सीमा क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस र प्रदर्शन गर्न निषेध गरेको छ।
  • सुनसरी घटनालाई लिएर प्रदर्शन चर्किएपछि प्रशासनले बिहीबारदेखि नै रात्रिकालीन समयमा निषेधाज्ञा लगाउँदै आएको छ।

१५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

यसअघि बिहीबार पनि प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो ।

सुनसरी घटनालाई लिएर वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले बिहीबारदेखि रातिको समयमा निषेधाज्ञा लगाउँदै आएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?