+
+
Shares

सिरहा घटनामा ज्यान गुमाएकाको परिवारलाई भेट्न पुगे सांसद यादव, छानबिनका लागि आवाज उठाउने प्रतिबद्धता

सुरेश राय सुरेश राय
२०८३ साउन १५ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद पुरुषोत्तम यादवले सिरहाको गोलबजारमा भएको झडपमा ज्यान गुमाएका गणेश यादवको परिवारसँग भेट गरी घटनाको निष्पक्ष छानबिन हुने आश्वासन दिनुभएको छ ।
  • सांसद यादवले घटनामा पक्राउ परेका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पुर्‍याएर छिटो रिहा गर्न र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
  • उनले स्थानीयबासीलाई शान्तिपूर्ण रहन र जिल्लाको सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै संसद्मा समेत यस विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ ।

१५ साउन, सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद पुरुषोत्तम यादव गोलबजारमा भएको घटनापछि शुक्रबार सिरहा पुगेका छन् ।

उनले स्थानीयसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिए भने प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको परिवारसँग भेट पनि गरेका छन् ।

सिरहामा बिहीबार भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको निधन भएको थियो ।

उक्त घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आफूले संसद् र सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता पनि जनाएका छन्  ।

साथै, पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने आश्वासन पनि उनले दिएका छन् ।

उनले नियन्त्रणमा लिइएका व्यक्तिहरूको रिहाइको माग पनि गरेका छन् ।

उनले प्रशासनसँग पक्राउ परेका व्यक्तिहरूको विषयमा कानुनी प्रक्रिया छिटो अघि बढाउन आग्रह पनि गरेका थिए ।

आक्रोशित स्थानीयलाई शान्त रहन र सामाजिक सद्भाव कायम राख्न उनले अपिल गरेका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?