News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्।
- पीडित परिवार र सरकारबीच राहत दिने तथा सहिद घोषणा गर्ने लगायतका सात बुँदे सहमति भएपछि शव उठाइएको हो।
- पोस्टमार्टमपछि मृतकका आफन्तले शवलाई अन्तिम संस्कारका लागि आफ्नो गाउँ कप्तानगञ्ज लगेका छन्।
१५ साउन, विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । आइतबार दुई समूहको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको थियो । शुक्रबार कोशी अस्पताल विराटनगरमा पोस्टमार्टमपछि आफन्तले शव बुझेका हुन् ।
यसअघि विराटनगरकै न्यूरो अस्पतालमा राखिएको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको थियो । शुक्रबार बिहान पीडित पक्ष र सरकार बीच ७ बुँदे सहमति भएपछि आफन्तले शव उठाउन र बुझ्न सहमति जनाएका थिए ।
पोस्टमार्टमपछि शव बुझेसँगै आफन्तले अन्तिम संस्कारका लागि शव आफ्नो गाउँतर्फ लगेका छन् । गाडीमा राखेर शवयात्रा गर्दै कप्तानगञ्ज लगिएको हो ।
आजै उनीहरूको अन्त्येष्टि हुनेछ ।
शुक्रबार सरकारले पीडित परिवारलाई राहत दिने, शहीद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्ने लगायत विषयमा सरकार र पीडित परिवार बीच सहमति भएको थियो ।
प्रतिक्रिया 4