News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले तीन जना प्रहरी नायब उपरीक्षक र पाँच जना प्रहरी निरीक्षकको काज सरुवा गरेको छ ।
- अख्तियारमा कार्यरत डीएसपी मदनजीत महरालाई प्रहरी वृत्त बौद्धको जिम्मेवारी दिइएको छ ।
- इन्सपेक्टर सरिता मगरसहितका पाँच अधिकृतलाई विभिन्न जिल्लाका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
१५ साउन, काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ ।
डीएसपीहरू मदनजीत महरा, सूर्य बहादुर बोगटी र ज्ञानबहादुर खड्काको सरुवा गरिएको हो ।
अख्तियारमा कार्यरत महरालाई प्रहरी वृत्त बौद्ध सरुवा गरिएको हो । बौद्धका डीएसपी सन्तोष रोक्कालाई भने जिल्ला प्रहरी परिसर, काठमाडौं तानिएको छ ।
त्यस्तै, बोगटीलाई वडा प्रहरी कार्यालय बैदाम सरुवा गरिएको छ भने प्रहरी हेडक्वार्टरमा कार्यरत डीएसपी खड्कालाई जिल्ला प्रहरी कार्यालय भोजपुर सरुवा गरिएको छ ।
इन्सपेक्टर सरिता मगरलाई वडा प्रहरी कार्यालय, रामबजार कास्कीमा पठाइएको छ भने यशोदा घलेलाई प्रहरी प्रभाव बाँडेगाउँ–ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला–महोत्तरी, सुरेन्द्र विक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय, हरिवन–सर्लाही र दिपक खकुरेललाई इलाका प्रहरी कार्यालय गोलबजार– सिरहा सरुवा गरिएको छ ।
प्रतिक्रिया 4