+
+
Shares

सुकुमवासी बस्तीका बालबालिकाको स्वास्थ्य र शिक्षा सुनिश्चितता माग गर्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते २१:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकुमवासी बस्तीका बालबालिकाको स्वास्थ्य र शिक्षाको अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
  • निवेदक तिलोत्तम पौडेल र वरुण बस्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई सो रिट दर्ता गराउनुभएको छ।
  • रिट निवेदनमा अदालतको आदेश विपरीत भइरहेको घरटहरा भत्काउने र विस्थापन गर्ने कार्य तत्काल रोक्न माग गरिएको छ।

१५ साउन, काठमाडौं । बिस्थापित भएका सुकुमवासी बस्तीका बालबालिकाहरूको स्वास्थ्य र शिक्षाको हक सुनिश्चितताको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

निवेदकहरू तिलोत्तम पौडेल र वरुण बस्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

नेपालको संविधानको धारा १३३ को २ र ३ बमोजिम उत्प्रेषणयुक्त परामदेश लगायतका आदेश गरी पाउँ भन्दै उनीहरू रिट निवेदन दर्ता गराएका हुन् ।

उनीहरूले रिट निवेदनमा सर्वोच्चकै आदेश बमोजिम सुकमवासीको घर टहरा भत्काउने, विस्थापन गर्ने कार्य तत्काल रोक्नुपर्नेमा हालसम्म पनि सो कार्य निरन्तर भइरहेको भन्दै मानव अधिकारको बर्खिलाप जबर्जस्ती बालबालिकामाथि भएको अन्यायपूर्ण कार्यले अदालतको अवहेलनामा पनि कारबाही माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?