+
+
Shares

सरकारले भन्यो– सुकुमवासी बस्ती हटाउँदा सेनालाई खटाइएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई कुनै पनि स्थानमा नखटाएको स्पष्ट पारेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जोखिमयुक्त क्षेत्रका सुकुमवासी स्थानान्तरणमा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय र सहजीकरण गरेको बताउनुभयो ।

४ असार, काठमाडौं । सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई कहिँ पनि नखटाएको दाबी गरेको छ ।

रक्षा मन्त्रालयको तर्फबाट विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो दाबी गरेका हुन् ।

साथै, उनले सुकुमवासीहरूलाई स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा प्रबन्ध र सहजीकरण गरेको पनि बताए ।

यस्ता छ वाग्लेको प्रष्टिकरण–

नेपाल सरकारले नेपाली सेनालाई सुकुमवासी बस्तीमा डोजर लगाइ बस्ती हटाउने कार्यमा कुनैपनि स्थानमा खटाएको थिएन । जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?