+
+
Shares

जनकपुरमा पनि हट्यो कर्फ्यु, निषेधाज्ञा जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १०:३८

१६ साउन, जनकपुरधाम । जनकपुरधाममा सद्भाव र्‍यालीपश्चात कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

अवस्था तनावग्रस्त बनेपछि गत बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

आज बिहान १० बजेदेखि भने कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलले जानकारी दिए ।

सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शन रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?