News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको लहान क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले आज दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
- प्रशासनले लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोला र पश्चिमतर्फ सरस्वति खोलासम्मको ५०० मिटर क्षेत्रमा कर्फ्यु लगाइएको जनाएको छ।
- यसअघि गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा पनि स्थानीय प्रशासनले सुरक्षा स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको थियो।
१४ साउन, सिरहा । सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।
यसअघि पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।
प्रशासनले अर्को सूचना जारी गर्दै लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको जनाएको छ।
प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गको ५ सय मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4