१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन् ।
पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिनुपर्नै बताएका हुन् ।
राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उहाले बताए । उनले सीपमा आधारित विपद् व्यवस्थापनमा जोड दिदै विपद्को समयमा उद्धार गर्न भावना, इच्छा र स्वत:स्फूर्त कार्य मात्र पर्याप्त नहुने धारणा राखे ।
सबै ७५३ वटै पालिकाहरूमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिदै उहाले संयन्त्रले घटना घटेपछि मात्र सक्रिय हुने नभइ निरन्तर रूपमा विपद् सचेतनाका कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्ने बताए ।
प्राकृतिक प्रकोपका पीडितहरूप्रति गहिरो समानुभूति हुनुका साथै उनीहरूको आर्थिक र व्यक्तिगत क्षतिलाई बुझ्न सक्नुपर्ने उनको भनाइ छ । उनले मानवीय जीवन र समानुभूतिभन्दा सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिने आधुनिक प्रवृत्तिको आलोचना समेत गरे ।
प्रतिक्रिया 4