+
+
Shares

निम्स दाइ हिमालका पुराना मान्यता तोड्ने आरोही हुन : वायुसेवा सञ्चालक संघ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वविख्यात पर्वतारोही तथा मुस्ताङ हेलिकप्टरका अध्यक्ष निर्मल पुर्जाको पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको छ ।
  • वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै पुर्जाको असामयिक निधनले आफूहरूलाई स्तब्ध बनाएको उल्लेख गरेको छ ।
  • छ महिना छ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पुर्जा सैन्य अनुशासन र अदम्य साहसका पर्याय थिए ।

१६ साउन, काठमाडौं । मुस्ताङ हेलिकप्टरका अध्यक्ष तथा विश्वविख्यात पर्वतारोही निर्मल (निम्सदाई) पुर्जाको निधनमा वायुसेवा सञ्चालक संघले दु:ख व्यक्त गरेको छ ।

संघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हिमाल आरोहणका पुराना मान्यताहरूलाई तोड्दै नेपालको नाम विश्वको सर्वोच्च शिखरमा पुर्‍याउन सफल व्यक्तिको दु:खद् निधनले आज हामी सबैलाई स्तब्ध बनाएको छ ।’

पाकिस्तानको गिलगिट बाल्टिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको हो ।

निम्सदाई मुस्ताङ हेलिकप्टर प्रालिका अध्यक्ष समेत हुन् ।

संघले अगाडि लेखेको छ, ‘म्याग्दी जिल्लाको सुन्दर दाना गाउँमा जन्मेका अदम्य साहसी आरोही, सानैदेखि कडा अनुशासन, कठोर मेहनत र केही बेग्लै गरेर देखाउने उच्च मनोबल बोकेर संसारमा केही पनि असम्भव छैन भन्ने सन्देश लिएर उदायका कुशल नक्षत्रले ६ महिना ६ दिनमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल सफल आरोहण गरी विश्व किर्तिमान कायम गुर्नका साथै सैन्य अनुशासन, अद्भुत शारीरिक क्षमता र अदम्य साहसका पर्याय बनेका निर्मल पुर्जा ‘निम्स दाइ’ ले असाधारण सैन्य योगदानका लागि सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट सम्मान ‘एमबीई’ तथा बेलायतको इस्टलेइ बरो काउन्सिलले सर्वोच्च सम्मान ‘अनररी फ्रिडम अफ द बरो’ प्राप्त गरेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?