+
+
Shares

सिरहाको गोलबजारमा कर्फ्यू हटाइयो

जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण तथा समीक्षापछि आज साँझ ७ बजेदेखि कर्फ्यू आदेश हटाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १७:३५

१७ साउन, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश पूर्ण रूपमा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण तथा समीक्षापछि आज साँझ ७ बजेदेखि कर्फ्यू आदेश हटाइएको हो ।

प्रशासनले सुरक्षा अवस्था सामान्य बन्दैगएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जनाएको छ । यससँगै गोलबजार क्षेत्रमा अब कर्फ्यू आदेश लागू नहुने भएको छ ।

यसअघि प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यू खुकुलो बनाएको थियो । सो अवधिमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिएको भएपनि ५ जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको थियो ।

पछिल्लो सुरक्षा अवस्थाको सुधारसँगै प्रशासनले बेलुका ७ बजेदेखि कर्फ्यू पूर्ण रूपमा हटाउने निर्णय गरेको हो । प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यू लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?