News Summary
Generated by OK AI. Editorially reviewed.- अवैध रकम लुकाएको आशंकामा प्रहरीले कोशी प्रदेशका उद्योगी प्रकाश मुन्दडाको घरमा पाँच घण्टासम्म खानतलासी गरेको छ ।
- मोरङ प्रहरीले विशेष सूचनाका आधारमा छापा मारे पनि कुनै शंकास्पद वस्तु फेला नपरेपछि रित्तो हात फर्किएको छ ।
- प्रहरीले केही नभेटेपछि आफूहरूले क्लिन चिट पाएको व्यापारी मुन्दडाको परिवारले जानकारी दिएको छ ।
१८ साउन,विराटनगर । अवैध रकम लुकाएको आरोपमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा छापा मारेको प्रहरी रित्तो हात फर्किएको छ ।
अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि फर्किएको हो । खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । मुन्दडा चाँदीको व्यापार गर्ने ठूला व्यापारी मध्ये पर्छन् ।
अवैध नगद र हुन्डीको पैसा लुकाएको सूचनापछि प्रहरी टोली पुगेको थियो । ‘विशेष सूचनाका आधारमा छापा मारिएको हो,’ उनले भने,‘ घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो, केही भेटिएन ।’
देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले छापा मार्दा केही फेला नपारेको बताए । ‘बिहान ५ बजे आएर पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो, हामीले सहयोग गर्यौँ,’ उनले भने,‘ सबै ठाउँ हेर्नुभयो, अन्तिममा केही भेट्नुभएन। हामीलाई क्लिन चिट दिएर जानुभयो।’
प्रतिक्रिया 4