News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाका सांसदहरूले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
- सांसद कृष्णबहादुर रोकायाले बजारमा सामानको अभाव र चर्को मूल्यले जनताको दैनिकी प्रभावित भएको बताउँदै एलपी ग्याँसको मूल्य घटाउन माग गरेका छन् ।
- सदनमा सुस्ता क्षेत्रमा भारतीय एसएसबीको प्रवेश, दलित समुदायको आवास समस्या र पूजा धानुकको निधनजस्ता समसामयिक विषयमाथि पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
१८ साउन, काठमाडौं । खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै यो विषय संसद्मा उठेको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले चर्को मूल्यका बाबजुत सहज रूपमा बजार सामान पाउन सक्ने अवस्था नरहेको बताए ।
उनी भन्छन्, ‘जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने खाद्ययान्न लगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिले आकाश छोएको छ भने अर्कोतिर चर्को मूल्यका बाबजुत बजारमा सामान सहज रूपमा नागरिकले प्राप्त गर्न सकिरहेका छैनन् ।’
छिमेकी देश भारतमा एलपी ग्याँसको मूल्य पटक–पटक घट्दा समेत नेपालमा नघटेको बताए । उनले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन र सहज उपलब्धताको व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गरेका छन् ।
कांग्रेसकै सांसद पदमबहादुर परियारले माइतीघर मण्डलामा दलित समुदायले सहज रुपमा काठमाडौंम कोठा नपाएको भनेर अनसन चलिरहेको बताए । सरकार कोठा खाली छ भनेर निरन्तर धर्ना भइराखेको विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरीले सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषय उठाइन् । सीमा क्षेत्रमा रहेका नेपालीको सुरक्षाका लागि समेत काम गर्न उनले सरकारलाई आग्रह गरेकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले पूजा धानुकको निधनको विषयमा सरकारको ध्यानाकर्षण गरिन् । महिलासँग सम्बन्धित विषयमा सरकारको तदारुकता कम भएको भनेर नागरिक स्तरमा समेत प्रश्न उठिरहको बताइन् ।
नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले चाडपर्व नजिकिँदै आएको बताइन् । तर यही बेला चामल। दाल लगायतका खाद्यान्न र ग्याँसको मूल्य बढेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।
नागरिकले अनावश्यक रूपम मूल्य वृद्धि सहन नसक्ने उनको चेतावनी छ ।
प्रतिक्रिया 4