+
+
Shares

प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्रीले गरिन् मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको बैठकमा मधेशी आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
  • कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अध्यक्षको अनुमति लिई सो प्रतिवेदन सदनमा टेबल गरेकी थिइन् ।
  • संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपतिमार्फत सरकारलाई बुझाइएको प्रतिवेदन सरकारले संसदमा पेश गर्ने प्रावधान रहेको छ ।

१८ साउन, काठमाडौं । राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेका हुन् ।

बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेशी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गरेकी थिइन् ।

नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसदमा पेश गर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?