News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही पुरबहादुर गुरुङको शव २१ साउनमा नेपाल ल्याइएको छ।
- गोरखा लाप्राकका गुरुङले सगरमाथाको १० पटक सफल आरोहण गर्नुका साथै ८००० मिटरभन्दा अग्ला हिमाल २८ पटक आरोहण गरेका थिए।
- गुरुङको शवमाथि परिवार र आफन्तले फूल, माला तथा खादा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।
२१ साउन, काठमाडौँ । पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ। ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोहीसहित १० जनाले ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको मात्रै शव नेपाल ल्याइपुर्याइएको हो ।
दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।
उनको शवमाथि परिवार र आफन्तले फूल/माला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन् ।
नेपाल पर्वतारोहण संघले उनको शव श्रद्धाञ्जलीका लागि राखेको छ । श्रद्धाञ्जलीको क्रममा उनको शवमाथि राष्ट्रिय झन्डा ओढाइएको छ ।


प्रतिक्रिया 4