News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यकालको चौमासिक प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
- गत वैशाखदेखि असारसम्मको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएका छन् ।
- सरकारले शून्य बाँकी फाइल अभियान सञ्चालन गर्न सबै मन्त्रालय र स्थानीय तहहरूमा मार्गदर्शन पत्राचार गरेको छ ।
२२ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् ।
उनी १३ चैत २०८२ मा प्रधानमन्त्री बनेका थिए ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम तयार गरी चौमासिक प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
चौमासिक प्रतिवेदन भए पनि यसमा वैशाख, जेठ र असार तीन महिनामा भएका कामहरूको विवरण मात्रै छ ।
जसमा कार्यालयको स्वरूप र प्रकृति, कार्यालयको काम, कर्तव्य र अधिकार, कार्यालयमा रहेका कर्मचारी विवरण समावेश छ । साथै, प्रधानमन्त्री कार्यालयले गरेका मुख्य कामको विवरण पनि राखिएको छ ।
मन्त्रिपरिषद्का बैठक र निर्णयहरूबारे लेखिएको छ, ‘२०८३ साल वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएको ।’
यस अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिको ८ वटा बैठक सम्पन्न भई १२ वटा निर्णयहरू भएको पनि विवरण छ ।
नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ को तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, शून्य बाँकी फाइल अभियान सञ्चालन गराउने व्यवस्थाका लागि मार्गदर्शन सबै मन्त्रालय/निकाय/ आयोग र स्थानीय तहहरूमा पत्राचार गरी एकीकृत प्रगति प्रतिवेदन माग गरिएको पनि उल्लेख छ ।
प्रतिक्रिया 4