+
+
Shares

जसपा नेपाल, प्रलोपा र नाउपासहित ७ दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते ११:२२

२३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार मोर्चा घोषणा कार्यक्रम आज (शनिबार) दिउँसो १ बजे काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजना हुने छ ।

सात दलले गठन गर्न लागेको अग्रगामी मोर्चाको उद्देश्य, संरचना तथा भावी कार्यदिशाबारे सोही कार्यक्रममा जानकारी दिइने नेताहरूले बताएका छन् ।

गत सोमबार ललितपुरमा छलफल गरेर साना सात दलहरूले ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय गरेका थिए ।

छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितका नेताहरू छलफलमा जुटेका थिए । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?