+
+
Shares

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता ६५ वर्षीय किरण सिंह तीन दिनदेखि बेपत्ता रहेकोमा मृत फेला परेका छन् ।
  • जिल्लाको गोरुसिंगे जंगलमा सिंहको शव भेटिएको कुरा कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले बताए ।
  • शुक्रबार घरबाट निस्किएका सिंहले प्रयोग गर्ने मोटरसाइकल राजमार्गबाट आठ किलोमिटरभित्र जंगलमा फेला परेपछि तालिमप्राप्त कुकुरसहित खोजी कार्य गरिएको थियो ।

२४ साउन, बुटवल । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।

सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए ।

६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?