+
+
Shares

जेनजी आन्दोलनमा फरार कैदी धरानबाट पक्राउ, झुम्का कारागार पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको झुम्का कारागारबाट फरार रहेका ३५ वर्षीय भूपाल राईलाई प्रहरीले शनिबार धरानबाट पक्राउ गरेको छ।
  • धनकुटाको सागुरीगढी–९ निवासी राई लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
  • गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका उनलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ।

२४ साउन, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ ।

गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार भएका थिए ।

उनी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?