News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल न्यान्सी खड्काको मुख्य भूमिका रहेको फिल्म 'अक्षरा'को टिजर सार्वजनिक गरिएको छ ।
- विनयराज पौडेल निर्देशित यस फिल्मले धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपर्ने पारिवारिक हिंसाको कथा प्रस्तुत गरेको छ ।
- यो फिल्म आगामी २६ भदौदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ ।
काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘अक्षरा’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ । टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
विनयराज पौडेल निर्देशित फिल्मको टिजरले धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथालाई प्रस्तुत गरिएको छ ।
केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धनसम्पत्तिका भरमा छोरीको विवाह गराइदिँदा निम्तिने कारुणिक कथा फिल्ममा रहेको बुझ्न सकिन्छ ।
टिजरअनुसार, सुशील पोखरेल बुबा र न्यान्सी छोरीको भूमिकामा देखिएकी छन् । सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा देखिएका छन् । रक्सीको लतमा श्रीमतीमाथि हिंसा गर्ने र आफ्नो पारिवारिक धाक देखाउने चरित्रमा सिटौला प्रस्तुत छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मको सोनी थापा हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता हुन् । यो फिल्म २६ भदौदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4