News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल १४ हजार ४०६ प्रहरी कर्मचारीहरू पुरस्कृत भएका छन्।
- सोही अवधिमा विभिन्न कसुरमा १ हजार ८४८ प्रहरी कर्मचारीहरू कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
- राम्रो काम गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई दण्डित गर्ने नीति लिइएको प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताउनुभयो।
२५ साउन, काठमाडौं । एक वर्षमा करिब १४ हजार भन्दा प्रहरी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ हजार ४०६ प्रहरी पुरस्कृत भएका हुन् । जसमा कार्यालय सहयोगी ३५३ जना, जवान ३ हजार ४५७, सहायक हवल्दार २ हजार ४७३, हवल्दार १ हजार ८३५, बरिष्ठ हवल्दार ९०४ जना पुरस्कृत भएका छन् ।
त्यसैगरी जुनियर प्रहरी अधिकृततर्फ असई १ हजार ७६६, सई ९५५ र बरिष्ठ सई ५९६ पुरस्कृत भएका छन् । सिनियर अधिकृततर्फ इन्स्पेक्टर १ हजार २९४, डीएसपी ४६०, एसपी २०१, एसएसपी ८२, डीआईजी २४, एआईजी २ जना पुरस्कृत भएका छन् ।
त्यस्तै यही अवधिमा १ हजार ८४८ प्रहरी कारबाहीमा परेका छन् । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो नगर्नेलाई दण्डितको नीति लिएर काम गरिएको प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्ले बताउँछन् ।
प्रतिक्रिया 4