+
+
Shares

राहदानी विभागले भन्यो- आवेदनमा उल्लेख गरिएको मितिमा मात्रै उपस्थित हुनुहोला

राहदानी विभागले आवेदन फारममा उल्लेख भएको मिति र समयमा मात्रै उपस्थित हुन अपिल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी विभागले सेवाग्राहीलाई आवेदन फारममा तोकिएको मिति र समयमा मात्रै विभागमा उपस्थित हुन अपिल गरेको छ ।
  • केही दिनयता राहदानी लिन आउने सेवाग्राहीको भिड बढेपछि विभागले यस्तो सूचना जारी गरेको हो ।
  • आवेदकहरू तोकिएको समयभन्दा अगाडि नै आउँदा विभाग परिसरमा भिड बढेको विभागले स्पष्ट पारेको छ ।

२५ साउन, काठमाडौं । राहदानी विभागले आवेदन फारममा उल्लेख भएको मिति र समयमा मात्रै उपस्थित हुन अपिल गरेको छ ।

राहदानी लिनका लागि सेवाग्राहीको भिड विभागमा लागेपछि सेवाग्राहीलाई आफूले आवेदनमा राखेको मितिमा उपस्थित हुन अपिल गरेको हो ।

केही दिनदेखि राहदानी लिनका लागि विभागमा भिड बढेको छ । आवेदनमा उल्लेखित समयमा छिटो गरी आवेदकहरू विभागमा आउने गरेको हुँदा पनि भिड बढ्न पुगेको विभागले जानकारी गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?