२५ असार, काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए ।

उनको न्यायका लागि भन्दै मुगुवासीले अहिले साँझ माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले हातहातमा विभिन्न नाराजडित पप्लेट बोकेर प्रदर्शन गर्दा केहीले नाराबाजी समेत गरिरहेका छन् ।
प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खडकबहादुर शाही पनि सहभागी छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4