News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुबाट हराएका १५ वर्षीय समिप खड्का १७ दिनपछि फेला परेका छन् ।
- साउन ८ गते शुक्रबार घरबाट निस्किएका समिप तारकेश्वरकै जाल्पा चोकमा फेला परेका हुन् ।
- अनलाइनखबरमा प्रकाशित समाचार देखेका एक व्यक्तिले समिपलाई देखेपछि परिवारको सम्पर्कमा पुर्याएको उनकी आमाले बताइन् ।
२५ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुबाट हराएका १५ वर्षीय समिप खड्का १७ दिनपछि भेटिएका छन् ।
परिवारका अनुसार उनी साउन ८ गते शुक्रबार अपराह्न करिब ४ बजे घरबाट बाहिरिएका थिए । त्यसपछि उनी सम्पर्कमा नआएपछि खोजी थालिएको थियो ।
उनी तारकेश्वरकै जाल्पा चोकबाट भेटिएको परिवारका सदस्यले जानकारी गराएका छन् ।
समिप सम्पर्कविहीन भएपछि अनलाइनखबरले समाचार प्रकाशित पनि गरेको थियो । उक्त समाचारमै देखेकाले समिपलाई जाल्पा चोकबाट एक व्यक्तिले परिवारसम्म सम्पर्कमा पुर्याएको उनकी आमाले बताइन् ।
समिपलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन परिवारले आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4